ताजा सूचना
कार्यालय खुल्ने समय: बिहान ९:०० बजे देखि ५:०० बजे सम्म

परिचय

  •  /
  • परिचय

नेपालको राजधानी काठमाण्डौ देखी १३३ कि.मी पुर्व दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा यस अस्पतालको स्थापना भएको थियो, सुरुवातमा यस अस्पताल २०३१ साल देखि दोलखा हेल्थ सेन्टरको नामबाट सञ्चालन हुदै आ.व.२०६५÷०६६ मा प्राथमिक स्वास्थ्य सेवा केन्द्रको रुपमा सञ्चालनमा थियो र २०७२ साल माघ महिना सम्म निरन्तर दोलखाली नागरीकहरुको सेवामा सर्मर्पित रह्यो । २०७२ सालको महा भुकम्प पश्यात २०७२ साल श्रावण महिना देखी २०७२ साल मंसिर महिना सम्म एम एस एफ बेल्जयिम (MSF Belgium) र प्राथमिक स्वास्थ्य सेवा केन्द्रको आपसी समजदारीमा सल्यकृया सहीतको आकस्मीक सेवा ५ महिना सम्मका लागि निकैनै प्रभावकारी रुपमा सञ्चालमा रहेको थियो । २०७२ साल माघ ५ गते बाट, नेपाल सरकार, स्वास्थ्य तथा जन संख्या मन्त्रालय र गैर सरकारी संस्था, न्यायहेल्थ नेपाल बिच सम्पुर्ण व्यवस्थापन सहित नागरीहरुलाई सम्पुर्ण सेवा निःशुल्क दिने गरी सम्झौता गर्दै यस प्राथमिक स्वास्थ्य सेवा केन्द्र लाइ स्तरोन्नती गर्दै प्रस्तावित चरीकोट अस्पतालको रुपमा सञ्चालन भयो । यस सम्बन्धमा भएको दुई पक्षिय सम्झौता अनुसार यस प्राथमिक स्वास्थ्य केन्द्र लाई स्तरोन्नती गरी ५० बेडको प्रस्तावित चरीकोट अस्पताल बनाउने निर्णय भएको थियो । सम्झौतामा १० बर्षको भएता पनि न्यायहेल्थले आर्थिक समस्याको कारण देखाउदै १० बर्ष अवधि पुरा नहुँदै मिती २०७७ साल कार्तिक १५ गते देखि करीब ४ बर्ष ९ महिनाको अन्तरालमा न्याय हेल्थ नेपाल यस सेवा केन्द्रबाट बाहीरीएको थियो । न्याय हेल्थ नेपालको बहिरगमन पछी भिमेश्वर नगरपालिका दोलखाको व्यवस्थापनमा मिति २०७७÷७÷१६ देखी मिति २०७७÷११÷१४ गते सम्म यस अस्पतालले न्यायहेल्थ नेपालले जस्तै सबै सेवा निःशुल्करुपमा सञ्चालन गरेको थियो । स्वास्थ्य तथा जन संख्या मन्त्रालयको मिति २०७७÷८÷१८ गतेको निर्णय अनुसार यस अस्पतालको व्यवस्थापन बागमती प्रदेशले गर्ने निर्णय भएको थियो । सामाजिक बिकाश मन्त्रालय, बागमती प्रदेश हेटौडाको मिति २०७७÷११÷१३ गतेको मन्त्रीस्तरको नर्णय अनुसार यस चरीकोट अस्पताल प्रदेश सरकार अन्तर्गत रहने गरी ५० शैयाको सैदान्तिक स्वीकृत अनुसार सञ्चानमा आएको थियो । स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटौडाको मिति २०७८÷११÷५ गते को निर्णय र राजपत्रमा प्रकाशित सुचना अनुसार चरीकोट अस्पतालको नाम परीवर्तन भई हाल पशुपति चौलागाई स्मृति अस्पतालको नामबाट सञ्चालन भई रहेको छ । करीव १८ रोपनी क्षेत्रफलमा रहेको यस अस्पतालको आफ्नै ६ वटा भवनहरु रहेका छन ५८ वटा कोठाबाट बिरामीहरु लाई सेवा प्रदान गदै आएको यस अस्पतालको २ वटा भवनहरु निर्माण सम्पन्न भएका छन ।

Back to Top